कान्छाराम तामाङ रामेछाप कांग्रेस जिल्ला सभापतिबाट निलम्बित

कान्छाराम तामाङ रामेछाप कांग्रेस जिल्ला सभापतिबाट निलम्बित

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका नेता कान्छाराम तामाङलाई रामेछाप जिल्ला सभापतिबाट निलम्बन गरेको छ ।

बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले तामाङलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउनेगरी निलम्बन गर्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रिय सभापति गगन थापासँग ३ अर्ब पैसा रहेको दाबी गरेको उनको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै कांग्रेसले तीन दिने स्पष्टीकरण सोधेको थियो ।

Logo