रास्वपा सांसद केपी खनालको तीनतले घरमा चल्ला बालेन सरकारको डोजर ?

रास्वपा सांसद केपी खनालको तीनतले घरमा चल्ला बालेन सरकारको डोजर ?

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रहेको सरकारले काठमाडौंका विभिन्न सुकुम्बासी बस्ती र अनधिकृत संरचनाहरू हटाउन कडा नीति अख्तियार गरेको छ।

सुकुमवासी बस्ती हटाउने अभियानअन्तर्गत शनिबार एकैदिन १७०२ घरधुरी हटाइएको छ। हालसम्म तीन हजारभन्दा बढी घरधुरी हटाइसकिएको छ। तीमध्ये १ हजार ८१६ परिवार आवासको माग गर्दै सरकारको सम्पर्कमा आएका छन्। विस्थापित भएका केहीलाई अस्थायी रूपमा गेस्टहाउस र सार्वजनिक स्थलमा राखिएको छ।

तर यसैबीच सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालको घर पनि ऐलानी जग्गामा निर्माण भएको विषय सार्वजनिक भएको छ । कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित खनालको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिकै घर छ । भुईं तलासहित तीन तलाको उक्त घर निर्माणकै क्रममा छ । तर घर भएको जग्गाको लालपूर्जा नभएको खबरले चर्चा पाएको छ ।

सांसद खनालले निर्वाचनकै समयमा आफूलाई सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गर्ने उम्मेदवार भन्दै चिनाउँदै आएका थिए । लालपूर्जा नभएको सुकुम्बासीको छोरो उम्मेदवार भएको भन्दै मतदातालाई बताइरहेका थिए । भूमिहीनहरूको समेत समर्थन जुटाएर सांसद निर्वाचित भएका उनको अहिले आफैले मापदण्ड विपरित नाक्सापास नगरेरै ऐलानी जग्गामा घर बनाएको खुलेको हो ।

तर खनालको सचिवालयले भने यसको खण्डन गरेको छ । खनालका बुबाआमा लामो समयदेखि भारतमा मजदुरी गर्छन् । अहिले पनि उनीहरू भारतमै छन् । बुबाआमाले भारतमा कमाएको पैसाले कैलालीको लम्कीमा घर बनाएको सचिवालयको दाबी छ ।

Logo