काठमाडौं । स्वतन्त्र सांसद एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले पछिल्लो समय सरकारले ल्याएका ६ वटा अध्यादेशहरू स्वीकृत गर्ने राष्ट्रपतिकाे कदमलाई स्वागत गरेका छन् ।
तर ‘जेनजी’ आन्दोलन पछिको कामचलाउ सरकार र वर्तमान सरकारप्रति राष्ट्रपतिको व्यवहार फरक देखिएकोमा भने उनकाे असन्तुष्टि छ ।
सांसद पुनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “जेनजी आन्दोलन पछिको काम चलाउ सरकारलाई सम्माननीय राष्ट्रपतिज्यूले अध्यादेश ल्याउन पटक्कै दिनु भएन। अहिले भने बाध्य भएर राष्ट्रपतिज्यूले ६ वटा अध्यादेशहरू स्वीकृत गर्नु भएछ। ति अध्यादेशहरू संसद्को अधिवेशन सुरु भएको ६० दिन भित्र अहिलेको सरकारले संसद्बाट पक्कै पनि पास गरिहाल्छ नि। किन कचकच ?”
अध्यादेशमार्फत काम गर्ने शैलीमाथि प्रश्न उठाउँदै उनले “अध्यादेश ल्याएर राम्रो राम्रो काम छिटो छिटो गर्ने हो क्या!” भन्दै कटाक्ष गरेका छन् ।





























प्रतिक्रिया