काठमाडौं,२३,पुस
विभिन्न राजनीतिक दलका नेताहरूले राष्ट्रियसभाको निर्वाचनपछि वर्तमान सरकारले राजीनामा दिनु पर्ने बताएका छन् । रिपोर्टर्स क्लबद्वारा शनिबार आयोजित साक्षात्कारमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद लालबाबु पण्डितले अहिले सम्म पनि प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी समेत तोक्न नसक्नेले राजीनामा दिनु पर्नेमा जोड दिए । राष्ट्रियसभाको निर्वाचन सम्म कुर्ने र त्यसपछि पनि सरकारले राजीनामा गरेर बाटो खुल्ला नगरेको खण्डमा सडकबाटै हटाउने सांसद पण्डितको भनार्इ थियो।
यता वाणिज्य मन्त्री मीन विश्वकर्माले फागुन महिना पछि मात्र वर्तमान सरकारले राजीनामा गरेपछि नयाँ सरकार गठन हुने बताए । सरकार जतिसक्दो चाँडो प्रदेश प्रमुख नियुक्ति गर्ने तथा अस्थायी राजधानी तोक्ने तयारीमा रहेको मन्त्री विश्वकर्माको भनार्इ थियो। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार वर्तमान सरकारलाई मात्र भएको हुँदा जति सक्दो चाँडो तोक्नु पर्ने माग गरे।
रासस





























प्रतिक्रिया