उठिबास होइन पुर्जा देऊ, पायौं सरकार खोजेको– पाएनौं न्याय सोचेकोः सुकुम्बासी [तस्विरमा हेर्नुहोस्]

उठिबास होइन पुर्जा देऊ, पायौं सरकार खोजेको– पाएनौं न्याय सोचेकोः सुकुम्बासी [तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
9
Shares

सुर्खेत । कर्णालीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू सरकारको सुकुम्बासी हटाउने निर्णयविरुद्ध सडकमा उत्रिएका छन् ।

राष्ट्रिय भूमी अधिकार मञ्चको आयोजनामा जिल्लाका विभिन्न स्थानमा बसाेबास गरिरहेका सुकुम्बासीहरु सडकमा उत्रिएका हुन् । वीरेन्द्रनगरको मंगलगढीचोकमा बाक्लो संख्यामा सुकुम्बासीहरु उपस्थित भएका छन् ।

‘उठिबास होइन पुर्जा देऊ, पायौं सरकार खोजेको– पाएनाैं न्याय सोचेको, विकल्पविना कसैको बास खोसी दिँदा तपाईं कति खुशी हुनुभया ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका भूमीहीन तथा सुकुम्बासीहरुले वीरेन्द्रनगर बजार परिक्रमापछि सभा आयोजना गर्ने बताएका छन् ।

Logo