दुर्गा प्रसाईंलाई ‘सर्वोच्च कमाण्डर’ बनाएर नयाँ पार्टी खोल्दै धवलशमशेर राणा

दुर्गा प्रसाईंलाई ‘सर्वोच्च कमाण्डर’ बनाएर नयाँ पार्टी खोल्दै धवलशमशेर राणा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टीका महामन्त्री धवलशमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै नयाँ पार्टी गठनको गृहकार्य अघि बढाएका हुन् ।

उनले आगामी सोमबार राजधानीको एल्लो प्यागोडा होटलमा आफ्ना निकटस्थ नेता तथा कार्यकर्ताहरूको भेला बोलाएका छन्। भेला पछि महामन्त्रीसहित करिब १०० जना केन्द्रीय तहका नेताहरूले सामूहिक राजीनामा घोषणा गर्ने तयारी छ।

स्रोतका अनुसार नयाँ पार्टीमा व्यवसायी दुर्गा प्रसाईंलाई ‘सर्वोच्च कमाण्डर’ र धवलशमशेर राणालाई ‘अध्यक्ष’ बनाउने गरी घनिभूत छलफल भइरहेको छ। यदि प्रसाईँसँग प्राविधिक कुरा नमिलेको खण्डमा राणाकै एकल नेतृत्वमा नयाँ राजावादी पार्टी घोषणा गरिने बुझिएको छ।

Logo