काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले काठमाडौं उपत्यकामा जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित स्थानमा सारिएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले विगत धेरै वर्षदेखि डुबानको जोखिममा रहेकाले उनीहरूलाई धपाउने नभई ज्यानको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले स्थानान्तरण गरिएको स्पष्ट पारेका हुृन् । उनले भने, ‘उहाँहरूलाई धपाएको होइन, जोखिमबाट जोगाउने काम गरेका हौँ । यस विषयमा समिति बनिसकेको छ, मन्त्रालयले पनि काम गरिरहेको छ। हतारमा निर्णय हुँदैन। ३५ वर्षमा नभएको काम तत्काल खोज्नु उपयुक्त हुँदैन ।’





























प्रतिक्रिया