पार्टी एकता जोगाउने काममा भूमिका खेल्न बामदेवलाई राष्ट्रपतिकाे आग्रह

पार्टी एकता जोगाउने काममा भूमिका खेल्न बामदेवलाई राष्ट्रपतिकाे आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद बढ्दै गएपछि राष्ट्रपति विद्या भण्डारीले पार्टी एकताबारे चासो व्यक्त गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई शितल निवासमा बोलाएर विवाद समाधानको लागि आग्रह गरेकी हुन् ।

गौतमलाई राष्ट्रपति भण्डारीले नै भेट्न बोलाएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले पुष्टि गरेका छन् । नेकपाभित्रको पछिल्लो विवाद फेरि उत्कर्षतिर पुगेका बेला राष्ट्रपतिले गौतमलाई बोलाएर दिएको सुझाबलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपले हेरिएको छ ।

Logo