काठमाडौं ।
नेपाली कांग्रेसका नेता गगन थापाले खुलामञ्चमा खाना खुवाउने क्रमलाई निरन्तता दिन आग्रह गरेका छन् । नेता थापाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका हुन् ।
जीवन निर्वाह गर्न कठिन भएकालाई विभिन्न स्थानमा परोपकारी मन भएकाले खाना खुवाइरहेको र यस्तो अवस्थामा परोपकारी काम गरेर सहरको इज्जत राखेको थापाले बताएका छन् ।
‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई,काठमाडौँका विभिन्न स्थानमा परोपकारी मन भएकाहरुले खाना खुवाइरहनु भएको छ। विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो शहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद । म काठमाडौँको जनप्रतिनिधि, यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु। ‘ –उनले भनेका छन् ।

काठमाडौं महानगरपालिकाले सोमबार यसरी खाना खुवाउने कार्य बन्द गर्न आयोजकलाई भने पछि अहिले यसको विरोध हुन थालेको छ ।
आजै साझा पार्टीले पनि यसको विरोध गर्दै बुधबार आफ्नै आयोजनामा खाना खुवाउने जनाएको छ ।





























प्रतिक्रिया