महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक

महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

गौशाला (महोत्तरी), ४ असोज ।

प्रदेश २ मा गत सोमबार सम्पन्न स्थानीय तह चेस्रो चरण निर्वाचनको प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेस नौ वडाध्यक्षमा विजयी भएको छ ।

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् ।

अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्रले छ, संघीय समाजवादी फोरम नेपाल चार, राजपा नेपाल तीन र नेपाल फोरम लोकतान्त्रिकले एउटा वडाध्यक्षमा विजय प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताएका छन् ।

समग्रमा प्रदशे २ मा अहिलेसम्म घोषित मतपरिणाममध्ये राजपाले एक नगरपालिकासहित आठवटै जिल्लामा गरी २४ वडामा विजय हासिल गरिसकेको छ । रासस

Skip This
Logo