नेकाको चियापन संसदीय–प्रादेशिक निर्वाचन क्षेत्रमा

नेकाको चियापन संसदीय–प्रादेशिक निर्वाचन क्षेत्रमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३ असोज ।

नेपाली काँग्रेसले दशैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्बन्धित संसदीयरप्रादेशिक निर्वाचन क्षेत्रमा नै गर्ने भएको छ ।

आगामी मंसिर १० र २१ गते हुने प्रादेशिक तथा संसदीय निर्वाचनमा क्रियाशील रहनुपर्ने भएकाले काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय बिपी नगरमा आयोजना हुँदै आएको सो कार्यक्रमलाई यस पटक सम्बन्धित निर्वाचन क्षेत्रमा नै आयोजना गर्ने निर्णय भएको पार्टी कार्यालका मुख्य सचिव कृष्ण पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको हो ।

नेकाका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला प्रवासबाट २०३३ सालमा स्वदेश फर्केपछि दशैँको कोजाग्रत पूर्णिमाका दिन सो कार्यक्रम आरम्भ गरेका थिए । रासस

Logo