काठमाडौं, २३ भदौ । उत्तर कोरियाले गरेको हाइड्रोजन बम परीक्षणलाई नेपालले समर्थन गर्नुपर्ने एक सांसदले बताएका छन् ।
व्यवस्थापिका संसद्को शुक्रवार बसेको बैठकको विशेष समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उत्तर कोरियाका सबै कदमको नेपालले समर्थन गर्नुपर्ने बताएका हुन् ।
उत्तर कोरियासँग नेपालको कुटनीतिक सम्बन्ध रहेको र नेपालका सत्तारुढ दलका नेताहरुले उत्तरको भ्रमण गरिसकेको बताउँदै सांसद सुवालले कोरियाले आफ्नो मुलुकको सार्वभौम अधिकार रक्षाका लागि गरेका कदममा नेपालले समर्थन गर्नुपर्ने बताए ।
‘प्रजातान्त्रिक जनगणतन्त्र उत्तर कोरियाले पृथ्वीको अन्वेषण गर्न भूउपग्रह परीक्षण गर्दैछ । उर्जाका लागि आणविक परीक्षण गर्दैछ । सार्वभौमिकताको रक्षाको लागि आणविक परीक्षण गरेको भनेर भन्दैछ’ सुवालले संसदमा भने, ‘अमेरिकाले ६५ बर्षदेखी ४० हजार सैनिकसहित दक्षिण कोरियामा बसेर युद्धको धम्कीको अभ्यास गर्दैछन । उत्तरले भर्खर होइन २०१६ मा हाइडोजन बम र अहिले मिसाइल परिक्षण गर्दैछ ।’
सांसद सुवालले उत्तर कोरियालो सार्वभौम सत्ता रक्षाका लागि गरेका कदमको समर्थन गर्नुपर्ने बताए ।





























प्रतिक्रिया