तोकिएकै मितिमा निर्वाचन हुन्छः सञ्चारमन्त्री गुरुङ (भिडियोसहित)

तोकिएकै मितिमा निर्वाचन हुन्छः सञ्चारमन्त्री गुरुङ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् ।

मंगलबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले तोकिएकै मितिमा निर्वाचन गर्नको निम्ति सुरक्षा परिषदको बैठकले निर्णय गरेको प्रस्तावलाई मन्त्रीपरिषदले पारित गरिसकेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले निर्वाचनको वातावरण बनाउन सरकार तयार रहेको भन्दै अलमलमा नपर्न निर्वाचन आयोगलाई पनि अनुरोध गरिसकेको अवस्थामा निर्धारित मितिमै निर्वाचन हुने उनले बताए ।

ओली नेतृत्वको समुह आधिकारिक

मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै आधिकारीक भएको दाबी गरे । प्रचण्ड–माधव पक्षले दाबी गर्ने हदम्याद सकिइसकेपछि निर्वाचन अयोगको कानुन, नीतिनियमलाई नबुझिकन दाबी गरेको उनको भनाइ छ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई मात्रै चिनेको भन्दै उनले निर्वाचन आयोगको निर्णयमा विश्वास रहेको बताए । ओली नेतृत्वको पार्टी नै आधिकारीक पार्टी हो भन्ने सबैले बुझ्नुपर्ने उनको दावी छ ।

अनलाईन र सामाजिक संजाल नियमन गरिने

उनले पछिल्ला दिनमा स्वतन्त्रताको आडमा छाडा, उत्तेजित व्यक्तिकेन्द्रीत, अदालत र राष्ट्रपति संस्थामाथि अभिब्यक्ति दिइने गरेको र समाजिक सञ्जाल र अनलाईनले प्रशारण गरेको भन्दै यसले लोकतान्त्रिक शासन पद्धतिलाई प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुठभेडतर्फ धकेल्ने खालको अभिव्यक्ति आएको बताए । स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताबिना चलेका फेसबुक, युट्युब र अनलाईनको विकृति रोक्न छिट्टै सामाजिक सञ्जाल सम्बन्धि निर्देशिका २०७७ जारी गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए ।

Logo