नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोस पोख्दै सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिएका छन् । ‘सरकार झ्यालखानाको संख्या थप’, उनले आज सामाजिक संजालमा लेखेका छन्, ‘सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’
उनले भनेका छन् ,
कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्न ? उहिले महाराजा अहिले राष्ट्रपति । सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।





























प्रतिक्रिया