‘प्रतिनिधिसभा विघटन राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैन’ : प्रचण्ड

‘प्रतिनिधिसभा विघटन राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैन’ : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् ।  भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने विचार व्यक्त गरे ।  

 उनले भने, “चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।” लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको बताए।  

 विभिन्न जिल्लामा विरोधसभा भइरहेका सन्दर्भमा चितवनमा फागुन १२ गते हुने सभामा उनले सम्बोधन गर्ने जनाइएको छ ।  पूर्वप्रधानमन्त्री दाहाल आज दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका वडा नं ७ निवासी नरबहादुर केसीप्रति श्रद्धाञ्जली अर्पण गर्न यहाँ आएका परिवारजनले जनाएको छ । उनी आजै काठमाडौँ फर्किने कार्यक्रम छ।

Logo