केन्द्रबिन्दु बुलेटिन : सरकारको तीन वर्ष पूरा, इतिहासमै राम्रो काम गरेको प्रधानमन्त्रीको दाबी (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : सरकारको तीन वर्ष पूरा, इतिहासमै राम्रो काम गरेको प्रधानमन्त्रीको दाबी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन प्रमुख समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनको रुपमा प्रशारण गर्ने गरेका छौं । आज पनि हामीले दिनभरका मूख्य समाचारहरुलाई प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले आज फागुन ३ गते तीन वर्ष पूरा गरेको सन्दर्भमा प्रधानमन्त्री ओली स्वयंले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि प्रेस बिफ्रिङमार्फत सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकारको समयमा  आर्थिक विकास, पुनःनिर्माण, न्याय, महिला अधिकार सामाजिक तथा सुशासन लगायतका क्षेत्रमा उल्लेख्य सुधार आएको बताएका छन् । उनले आउँदो वैशाखमा चुनाव गराएर देशलाई झन् गतिशील ढंगले अघि बढाउने दावी समेत गरेका छन् ।

नेपाली कांग्रेसले सोमबार देशव्यापीरूपमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादतर्फ उन्मुख कदमको रूपमा टिप्पणी गर्दै कांग्रेसका ७७ वटै जिल्ला कार्य समितिहरूले जिल्ला सदरमुकाममा प्रदर्शन गरेका हुन् । यस क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो वैशाखमा चुनाव हुने विषयमा शंका व्यक्त गरेका छन् भने नेता गगन कुमार थापाले दुई नेकपाले मुलुकलाई भिडन्ततिर लाने प्रयास गरेको अरोप लगाएका छन् ।  

म्यानमारमा भएको सैन्य कु विरुद्ध विगत ९ दिनदेखि हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिरहेका बेला सेना उनीहरूविरुद्ध कठोर भएर प्रस्तुत भएको आशंका गरिएको छ । हजारौँ प्रदर्शनकारीहरूको विरोध कार्यक्रममा स्वचालित हतियार प्रयोग गरिएको आशंका गरिएको छ भने, सडकमा सेनाका बख्तरबन्द गाडि निस्एिको तथा त्यहाँको इन्टरनेट सेवासमेत पुनः पूर्णरुपमा ठप्प पारिएको छ । यसप्रति अन्तर्राष्ट्रिय जगतले निन्दा गर्दै आएको छ भने, सेनालाई पछि हट्न आग्रह गरिएको छ ।

राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफ क्लबले कठिन जीत निकालेको छ । सोमबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबमाथि २,१ गोलको संघर्षपूर्ण जीत निकालेको हो । जीतमा एपीएफले एक गोल आत्मघाती उपहार पाएको थियो । यस्तै आजै भएको अर्को खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई पराजित गरेको छ । खेलमा विराटनगरले वालिङलाई १,० गोल अन्तरले पराजित गरेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दाको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा आजदेखि जवाफी बहस सकिएको छ । रिटको पक्ष र विपक्षका वकिलहरूले बहस सकेपछि आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस शुरू भएको थियो । भोलि (मंगलबार) देखि एमिकस क्यूरीले सुझाव दिने अदालतले जनाएको छ ।  

Logo