आज टुँडिखेललाई नेकपाका १० हजार मानव साङ्लोले घेर्ने

आज टुँडिखेललाई नेकपाका १० हजार मानव साङ्लोले घेर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्ने कार्यक्रम तय भएकाे छ । 

प्रधानमन्त्री ओलीले असंबैधनिक कदम चालेपछि चौथो चरणकाे आन्दोलन घोषणा गरेपछि बुधबारदेखि आन्दोलनकाे घोषणा भएकाे हाे । दोस्राेदिन सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको दाहाल-नेपाल समूहले जनाएकाे छ । 

अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुनेछन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल- नेपाल समूह पुस ५ पछि आन्दोलित छन् ।

प्रचण्ड नेपाल समूहले बुधबार ५ फागुनदेखि २१ फागुनसम्म चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको हाे ।

Logo