नेकपाका नेता तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई नेकपाको ओली समूहमै फर्किएका छन् ।
नेकपा विभाजनको शुरुवातमा उनीहरु ओली समूहबाट दाहाल नेपाल समूहमा गएका थिए । अहिले पुनः ओली समूहमै फर्किएका हुन्
सिन्धुपाल्चोक २ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । यस्तै उषाकला राई प्रदेश १ की सांसद हुन् ।
उनीहरुले कुनै पदको प्रलोभनमा नभइृ प्रचण्ड नेपाल समूहमा व्यवस्थापन हुन नसक्ने देखेर आफूहरु ओली समूहमा आएको बताएका छन् ।





























प्रतिक्रिया