प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग वार्ता गर्न तयार भएको बताएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै सरकारसँग आफू वार्ताका लागि तयार भएको बताएका हुन् ।
आफ्नो पार्टीले गरेको सम्पूर्ण कदमहरु राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं,’ उनले भनेका छन् ।





























प्रतिक्रिया