प्रधानमन्त्री ओली महेन्द्रनगरमा, सुरक्षा व्यवस्था कडा 

प्रधानमन्त्री ओली महेन्द्रनगरमा, सुरक्षा व्यवस्था कडा 

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर पुगेका छन् । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न उनी सुदूरपश्चिम प्रदेशको कञ्चनपुर पुगेका हुन् । उनी आज बिहान श्रीएयरलाइन्सको उडानमार्फत धनगढी विमानस्थल हुँदै महेन्द्रनगर पुगेका थिए ।

उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि यस अघि पटक पटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट ई आइए स्वीकृति भएर काम शुरु हुन लागेको हो ।

सोही औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री कञ्चनपुर गएका हुन् । प्रधानमन्त्री महेन्द्रनगर आएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। यहाँ करिब १२ सयको हाराहारीमा सुरक्षाकर्मी खटाइएको छ । 

०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारको पालामा त्यहाँ औद्योगिक क्षेत्र थालनी गर्नका लागि बजेट विनियोजन गरिएको थियो । 

Logo