केन्द्रबिन्दु बुलेटिन : निर्मला पन्तका हत्यारा अविलम्ब सार्वजनिक गर्न प्रधानमन्त्रीको निर्देशन (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : निर्मला पन्तका हत्यारा अविलम्ब सार्वजनिक गर्न प्रधानमन्त्रीको निर्देशन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं , आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । एकैपटक चार प्रदेशमा पाँचवटा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्य अनुरुप आज पहिलो पटक यो दैजी छेला औद्योगिक क्षेत्रको शिलन्यास गरिएको हो । यस क्रममा प्रधानमन्त्रीले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा अविलम्ब सार्वजनिक गर्न निर्देशन दिएका छन् भने गत शनिबार विराटनगरमा गरेको आफ्नो सम्बोधनका विषयमा भ्रम छरिएको भन्दै त्यसमाथि उनले प्रष्टिकरण पनि दिएका छन् ।

अमेरिकाको डेनभर नजिकै एउटा यात्रुबाहक विमान दुर्घटनामा परेपछि उक्त कम्पनीका २४ वटा विमान ग्राउडेड गरिएको छ । विमानको एउटा इन्जिनमा खराबी आएपछि आपतकालीन अवतरण गरिएको थियो । घटनापछि अमेरिकाको वायुसेवा कम्पनी यूनाइटेड एअरलाइन्सले आफ्ना २४ वटा बोइङ ७७७ विमान ‘ग्राउन्ड’ गर्ने निर्णय गरेको हो । यस्तै जापानमा पनि उक्त मोडेलका इन्जिन भएका विमान उडान नगर्न आग्रह गरिएको छ । 

नेपालमा पछिल्लो समय सभा, विरोध तथा जुलुसका कार्यक्रम भइरहेका बेला पर्यटन क्षेत्रमा भने कुनै सुनुवाई नभएको भन्दै पर्यटन व्यवसायीहरूले त्यसको विरोध गरेका छन् । उनीहरूले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि राजनीतिक गतिविधिमा कोरोनाको जोखिम नहुने तर पर्यटन क्षेत्रमा यसको अंकुश कायम राखिएको भन्दै व्यवसायीहरूले गुनासोसमेत गरेका छन् । उनीहरूले सेफ्टि पोर्टेकलको आधारमा सबै पर्यटन गतिविधिलाई निर्बाध रुपमा सूचारु गर्न दिन र विदेशी पर्यटकको झन्झन्टिलो आगमन प्रक्रिया लाई सहज बनाउन सरकारसँग माग पनि गरेका छन् । 

प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउसो थापा सर्वोच्च गएका हुन् । पछिल्लो समय सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्णरूपमा विश्लेषण गरिएको छ ।

सरकारले फागुन २३ गते देखि ५५ वर्ष माथिका नागरिकहरूलाई कोरोना विरुद्धको खोप अभियानमा सामेल गराउने भएको छ । त्यसका लागि आइतबार भारतबाट १० लाख डोज कोरोना खोप खरिद गरि ल्याइएको छ भने, अर्को चरणमा पनि खोप ल्याउने तयारी सरकारको छ । यता, देशभरका जेष्ठ नागरिक तथा ५५ वर्ष माथिका नागरिकलाई खोप अभियानमा सरिक गराउन सहज खोप केन्द्र स्थापनाका लागि सरकार जुटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Logo