सरकारद्वारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारद्वारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

केन्द्रबिन्दु
0
Shares

सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । 

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । 

११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो । सोही अनुसार अब, सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नु पर्नेछ । 

Logo