पशुपतिमा दाहसंस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको छिट्टै अन्त्य हुन्छः वनमन्त्री आले

पशुपतिमा दाहसंस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको छिट्टै अन्त्य हुन्छः वनमन्त्री आले

केन्द्रबिन्दु
0
Shares

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको छिट्टै अन्त्य गर्ने बताएका छन् । 

सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक दुईदिने राष्ट्रिय गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री आलेले त्यसका लागि वन तथा वातावरण मन्त्रालयले निशुल्क दाउरा उपलब्ध गराउने बताएका हुन् । यसको निम्ति मन्त्रालयले गृहकार्य अगाडी बढाएको र त्यसलाई तत्काल लागू गरिने उनको भनाइ छ । उनले मन्त्रालयले खुल्ला चिडियाखानाको अवधारणा अगाडी बढाएको पनि जानकारी दिए । कम्तिमा ३५ जिल्लामा यो कार्यक्रम अगाडी बढाउनको निम्ति मन्त्रालयमा छलफल गरिरहेको पनि उनले बताए । 

उनले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडी बढाएको पनि जनाए । कम्तिमा ७ वटा जिल्लाबाट जडिबुटी उत्पादनको पकेट क्षेत्रको रुपमा कार्यक्रम अगाडी बढाउने उनले जानकारी दिए ।

Logo