प्रधानमन्त्री ओली आज सिन्धुली जाँदै, के-के छन् कार्यतालिका ?

प्रधानमन्त्री ओली आज सिन्धुली जाँदै, के-के छन् कार्यतालिका ?

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुली जाने भएका छन्।  सुनकोशी-मरिण डाइभर्सनको शिलान्यासका लागि उनी आज सिन्धुली जान लागेका हुन् । 

सुनकोशी-मरिण डाइभर्सन राष्ट्रिय गौरबको आयोजना हो । यसले मध्यतराईको सम्पूर्ण भूमिमा सिंचाई सुविधा पुग्ने र त्यहाँबाट २८ मेगावाटको बिजुली उत्पादन गरिने लक्ष्य बोकेको छ । 

आर्थिक वर्ष ०७६/०७७ देखि सुनकोशी–मरिण डाइभर्सन आयोजना राष्ट्रिय गौरवको आयोजना घोषणा भएसँगै सरकारले २ अर्ब ५ करोड बजेट विनियोजन गरेको थियो। सोही आयोजनाको आज प्रधानमन्त्रीले शिलान्यास गर्ने भएका हुन् । 

आजको कार्यक्रममा प्रधानमन्त्रीसँग उर्जामन्त्री टोपबहादुर रायमाझी पनि सिन्धुली जाने भएका छन्। 

Logo