केन्द्रबिन्दु बुलेटिन : सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये सरकार र हिंसात्मक गतिविधि गर्दै आएको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीनबुँदे सहमति भएको छ । बुधबार सम्पन्न सरकार पक्ष र विप्लव पक्षबीच भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी थिए भने विप्लव समूहका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने ‘दीपक’ सहभागी थिए । वार्तासँगै फागुन २१ गते बिहीबार दिउसो २ बजे एउटै समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले सम्बोधन गरी सहमतिका विवरण सार्वजनिक गरिने कार्यक्रम तय भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधरण सदस्यबाट निश्काशन गरेको जनाएको छ । संसदमा समूहका विभिन्न सांसदहरुले संयुक्त रुपमा पार्टीको निर्णय सम्बन्धि पत्र बुझाउँदै संसदीय दलको हैसियत गरिने कुनै पनि कार्यलाई मान्यता नदिन पनि सचिवालयलाई आग्रह गरेको छ । सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभाको पुर्नस्थापना गरिसकेकाले उनलाई जिम्मेवारीबाट हटाइनु पर्ने पत्रमा उल्लेख छ ।

केन्द्रीय तथ्यांक विभागले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार १० वर्षमा १४.७ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक गरेको छ । विभागका अनुसार औद्योगिक वर्गीकरण अनुसार कुल ग्राहस्थ उत्पादनमा आएको परिवर्तनलाई हेर्दा कृषि, वन, माछापालन, औद्योगिक उत्पादन, विद्युत, निर्माण लगायतका क्षेत्रको उत्पादनमा वृद्धि भएसँगै कुल ग्राहस्थ उत्पादनमा वृद्धि भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको दुःख र कष्टका दिन समाप्त भएको उद्घोष गर्दै आफ्नो नेतृत्वले विकासको लहर ल्याएको दाबी गरेका छन् । बिहीबार सिन्धुलीको कुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै आफू मधेश विरोधी नभएको समेत प्रधानमन्त्रीले प्रष्ट पारे । मधेशका जनताले आफूलाई प्रवेश निषेध गरे पनि पानीलाई भने निषेध नगर्न उनले आग्रह पनि गरे । 

म्यान्मारमा बुधबार सैन्य कू विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाँउदा कम्तिमा ३८ जना मारिएको मारिएको बीबीसीले जनाएको छ । सेनाले बिना चेतावनी नै ती प्रदर्शनकारीमाथि गोली चलाएको जनाइएको छ । गत माघ १९ गते सेनाले सत्ता हातमा लिएसँगै म्यान्मारभर सामूहिक प्रदर्शन र नागरिक अवज्ञाका गतिविधिहरु सञ्चालन भइरहेका छन् । सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको थियो भने यही वर्ष ताजा चुनाव गराउने वाचा समेत गरेको छ ।

Logo