पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक सुरु (प्रत्यक्ष प्रशारण)

पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक सुरु (प्रत्यक्ष प्रशारण)

केन्द्रबिन्दु
0
Shares

गत पुस ५ गते विघटनपछि फागुन ११ गते पुनर्स्थापना भएको प्रतिनिधिसभाको दोस्रो बैठक आज सुरु भएको छ। संसद बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । 

संसद सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यक्रम छ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने कार्यसूची छ ।

यसैगरि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश पेस गर्नेछन् भने पूर्व तथा बाहालवाला गरि १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ।

फागुन २३ गतेको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको भन्दै फिर्ता लिन माग गर्दै  नेपाली कांग्रेस र जसपाले बैठक अवरुद्ध पारेका थिए । त्यस्तै प्रचण्ड–नेपाल पक्षले पनि बैठक बहिष्कार गरेको थियो।

Logo