‘अहिले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाउनु हो’: शशांक कोइराला

‘अहिले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाउनु हो’: शशांक कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताएका छन्। 

शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफूहरुको मुख्य ध्येय रहेको बताएका हुन्। यसका निम्ति मधेसवादी दलहरुसँग छलफल चलिरहेको पनि बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा जोड दिए । नेता थापाले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्ने र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि नेपाली कांग्रेस आउनु पर्ने बताए।

नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने म्याण्डेड पाएको भएपनि संकटको बेलामा कांग्रेसले सम्हाल्नु पर्ने अवस्था आएको उनको भनाइ छ । सर्वोच्च अदालतको फैसला नेकपाले स्वीकार गरिसकेपछि नेकपाले सरकार चलाउन पाएको म्याण्डेड सकिएको उल्लेख गर्दै नेता थापाले संसदमा सरकार चलाउने माण्डेड पाएको पार्टी नरहेको टिप्पणी गरे। नेपाली कांग्रेसले वर्तमान अवस्थालाई सम्हालेर निकाश दिनुपर्ने उनको भनाइ छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कायमै राखे राज्यका सम्पूर्ण संयन्त्रलाई दबाब र प्रभावमा पारेर कब्जा गर्ने र प्रजातन्त्रलाई कमजोर बनाउने उनको भनाइ छ । प्रधानमन्त्री ओलीलाई शासन सत्ता दिइराख्नाले नेपालमा नाम मात्रैको चुनाव गराउने नेता थापाले बताए। 

Logo