भोलिका लागि बोलाइएको प्रदेश १ को प्रदेश सभा बैठक पुनः स्थगित

भोलिका लागि बोलाइएको प्रदेश १ को प्रदेश सभा बैठक पुनः स्थगित

केन्द्रबिन्दु
0
Shares

चैत २ गते सोमबारका लागि बोलाइएको प्रदेश १ को प्रदेश सभा बैठक पुनः स्थगित भएको छ। 

दिउँसो १२ः३० बजेका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । यस अघि पनि बैठक स्थगित हुँदै आएको छ ।

प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले आइतबार एक विज्ञप्ति जारी गर्दै विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

यस अघि प्रदेश सभामा सत्तारुढ नेकपाकै सांसदहरुको सक्रियतामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । तर यस विषयलाई प्रदेश सभामा छलफल भने गरिएको छैन ।

Logo