माओवादी केन्द्रको बैठकमा ६ एजेन्डामाथि छलफल

माओवादी केन्द्रको बैठकमा ६ एजेन्डामाथि छलफल

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) को आजको केन्द्रीय समिति बैठक सकिएको छ। सोमबार बिहान ११ बजे बस्ने गरि बैठक सकिएको हो। 

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा पारित गरेको छ। 

आइतबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको संगठनात्मक स्थितिको बारेमा रिपोर्टिङ गरेका थिए। 

आजको बैठकमा ६ वटा एजेन्डामा छलफल भएको बताइएको छ । बैठकमा पार्टीको नाम परिवर्तन गर्ने विषय पनि छलफलका लागि प्रस्ताव लगिएको थियो। 

यस अघि शनिबार पनि बैठक बसेको थियो। सो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार छाड्न आफ्ना मन्त्रीलाई निर्देशन दिएको थियो। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको हो। 

Logo