‘नेपालमा उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भयो’ : प्रचण्ड

‘नेपालमा उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भयो’ : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताएका छन् । 

मंगलबार अग्रणी शहीद शुकदेव गुरुङ, शहीद घोषणा राष्ट्रिय जागरण अभियान अन्तर्गतको सर्वपक्षिय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताएका हुन् । आफूहरुले जातिय अधिकार, समानता, आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको विल्ला भिराएको उनको भनाइ छ । नेपालमा अन्धराष्ट्रवाद लाद्ने षडयन्त्र भएको पनि उनको भनाइ छ । 

अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको अधिकार र पहिचान खोस्ने षड्यन्त्र भएको पनि बताए। प्राप्त अधिकारहरुलाई खोस्नको निम्ति माओवादी आन्दोलन र प्रचण्डलाई प्रहारको निशाना बनाइएको पनि उनको भनाइ छ ।

Logo