प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । दिउँसो एक बजे सुरु भएको बैठक सकिएको हो । आजको बैठक भने नियमित कार्यसूचीमै रहेर संचालन भएको थियो ।
बैठकमा सांसदहरुले आफ्ना भनाइ राखेका थिए । आज बोल्ने सांसदहरु मध्ये परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कांग्रेसका बालकृष्ण खाँण, माओवादी केन्द्रकी पम्फा भुसाल, राजपाका राजकिशोर यादव, जनमोर्चाकी सांसद दुर्गा पौडेल र मजदुर किसान पार्टीका प्रेम सुवालले विचार राखेका थिए ।
परराष्ट्रमन्त्री ज्ञवाली बाहेक अधिकांश सांसदहरुले सरकार असफल भएको र प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने माग गरेका थिए । आजको बैठकमा पूर्वसांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पनि पारित भएको छ । संसदको अर्को बैठक चैत १० गते दिउँसो १ बजे बस्ने गरि सकिएको छ ।





























प्रतिक्रिया