राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएको तर सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै लाजमर्दो राजनीतिको संज्ञा दिएका छन्।
आज सामाजिक सञ्जाल द्वीटरमा एक सन्देश लेख्दै थापाले २ पटक प्रधानमन्त्री भइसकेका दाहालले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र प्रधानमन्त्रीलाई वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट, भनेर आरोप लगाएको सुन्दा आश्चर्य लागेको बताएका हुन्।
आइतबार प्रचण्डले ओलीलाई यस्तो आरोप लगाएका थिए । यसै प्रसंगलाई थापाले लाजमर्दो राजनीति भन्दै व्यंग्य गरेका हुन् । उनले भनेका छन्, २ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री @kpsharmaoli लाई 'बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट' भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ।यस्तो गंभीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन कायम राख्ने! लाजमर्दो राजनीति ।





























प्रतिक्रिया