नेता कार्यकर्ताको रिहाइको गृहकार्य सकारात्मकः नेता महतो

नेता कार्यकर्ताको रिहाइको गृहकार्य सकारात्मकः नेता महतो

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रुपमा अगाडी बढेको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै बरिष्ठ नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रुपमा अगाडी बढेको बताएका हुन् । पहिले मुद्दा मामिलाको काम अगाडी बढेमा सत्ता समिकरण लगायतको विषयमा कुरा गर्ने उनको भनाइ छ । नेता, कार्यकर्ताको मुद्दा फिर्ता गर्न पार्टीभित्र एकमत भएको भन्दै उनले नेताहरुले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेपनि निर्णय भने पार्टीले गर्ने बताए । 

त्यस्तै जसपाका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँगको भेटमा आफ्ना मागहरुको विषयमा कुरा भएको बताए । माग पुरा गर्ने आश्वासन आएको भएपनि देखिने गरी काम नभएको उनको भनाइ छ । छलफलका क्रममा जसपाको सहयोग चाहिए काम गरेर देखाउनुपर्ने अनि मात्रै जसपाले निर्णय गर्ने बताएको नेता कर्णले जानकारी दिए । 

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जसपा र एमालेबीचको सम्बन्धमा कुनै शर्त नभएको उल्लेख गरे । रेशम चौधरीको रिहाइ, मधेश आन्दोलनसँग सम्बन्धित विषयमा कुरा भएपनि सत्ता साझेदारीको विषयमा कुरा नउठेको उनको भनाइ छ । 

अहिलेसम्म जसपाको मागसँग सम्बन्धित भएर मात्रै कुरा भइरहेको उपनेता नेम्बाङले दाबी गरे  । दुई पार्टीबीच राम्रो सम्बन्ध भयो भने सत्ता समिकरण हुन सक्ने पनि उनको जिकिर छ ।

Logo