मेयर शाक्यले अभियान्तालाई भने, ‘कमलपोखरीको माटो अनुहारमा दल्नु र प्रधानमन्त्रीको राजिनमाबीच के सम्बन्ध छ ?’

मेयर शाक्यले अभियान्तालाई भने, ‘कमलपोखरीको माटो अनुहारमा दल्नु र प्रधानमन्त्रीको राजिनमाबीच के सम्बन्ध छ ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अभियन्ताका नाममा राजनीति नगर्न सुझाव दिएका छन् । महानगरपालिका क्षेत्रभित्र भएका विकास निर्माणका कामको अनुगमनसँगै मतदाताका  गुनासा सुन्ने सिलसिलामा शनिबार वडा–१५ पुगेका शाक्य भन्छन्,  ‘विकास निर्माणका काममा हामी सबै जनप्रतिनिधिको एक मत छ । तर केही ठाउँमा व्यक्तिगत र राजनीतिक स्वार्थका कारण केही समस्या भएको छ ।’

उनले मतदाताको गुनासो सुनिसकेपछि अन्तिममा सम्बोधन गर्दै कमलपोखरीलगायतका केही स्थानमा अनावश्यक विरोध गर्दा पुननिर्माणको काममा ढिलाई भएको स्पष्ट पारे । ‘कमलपोखरी पुननिर्माणमा स्थानीय कसैको पनि विरोध छैन,’ शाक्यले भने, ‘बाहिरका मान्छे कमलपोखरी पुगेर अनावश्यक अवरोध गर्ने प्रयास गरिरहेका छन् । अभियन्ताका नाममा कमलपोखरीमा असान्दर्भिक कार्य गरेर नागरिकलाई भ्रम छर्ने प्रयास भैरहेको छ ।’

केही अभियन्ताहरु कमलपोखरीको माटो अनुहारमा दलेर प्रधानमन्त्रीको राजिनामा माग्न बालुवाटर गएको प्रसङ्ग पनि उनले कोट्याए । उनले प्रश्न गरे, ‘कमलपोखरीको माटो र प्रधानमन्त्रीको राजिनामाबिच के सम्बन्ध छ ?’ 

Logo