कांग्रेस महामन्त्री कोइरालाद्वारा जोशी र कोइरालाको निधनप्रति दुःख व्यक्त

कांग्रेस महामन्त्री कोइरालाद्वारा जोशी र कोइरालाको निधनप्रति दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री एवं सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष डा शशांङ्क कोइरालाले फाउण्डेसनका संस्थापकद्वय नवीन्द्रराज जोशी र अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

महामन्त्री कोइरालाले विज्ञप्ति प्रकाशित गरी पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य जोशी र पार्टीका पूर्व जिल्ला सभापति कोइरालाको निधनले मुलुकको प्रजातान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति भएको उल्लेख गरेका छन्।

विद्यार्थी राजनीतिबाट काठमाडौँ महानगरको उपप्रमुख, सांसद हुँदै मन्त्री र पार्टीको केन्द्रीय सदस्य भएका जोशीलाई एक नैतिकवान नेताका रुपमा भावी पुस्ताले स्मरण गरिरहने विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी पञ्चायतको कठिन युगमा विद्यार्थी राजनीतिबाट विराटनगरको प्रमुख, मोरङको पार्टी सभापति र सांसद भएका कोइराला एक इमान्दार र क्रान्तिकारी नेता रहको महामन्त्री कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन्।

महामन्त्री कोइरालाले दुवै नेताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। नेता जोशीको  चैत १३ गते काठमाडौंमा र नेता कोइरालाको चैत ४ गते विराटनगरमा निधन भएको थियो।

Logo