माधव नेपाल र भिम रावल एमालेबाट निलम्बित

माधव नेपाल र भिम रावल एमालेबाट निलम्बित

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल पार्टी सदस्यबाट निलम्बन भएका छन्।

एमालेले पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको हो ।

साथै नेताद्वयलाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा फर्कन पनि भनिएको छ । एमालेले फरक फरक पत्र काटेर नेता नेपाल र रावललाई निलम्बन गरेको जनाएको हो ।

पार्टी एकतालाई बिखण्डन गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरुसँग निरन्तर बैठक, भेट गर्ने र उनीहरुको पक्षपोषण गर्ने काम निरन्तर गरिरहेकाले स्विकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरण दिएको आरोप पत्रमा उल्लेख गरिएको छ । 

पत्रमा पार्टी विरोधी फाटोवादी र गुटवादी क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिइरहनेतर्फ अग्रसरता देखिएको, पार्टीको एकताका लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनासायका दुरुपयोग गर्ने सम्भावना देखिएको समेत उल्लेख गरिएको छ । 

Logo