आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

केन्द्रबिन्दु
0
Shares

आज पुनर्स्थापित प्रतिनिधिसभाको छैठौं बैठक बस्दैछ। संघीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। 

जस अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रेश गर्ने कार्यसूची छ।

त्यस्तै  विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले उक्त समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि छ। खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संसोधन) विद्येयक सम्बन्धी प्रतिवेदन पेश गर्नेछिन्। 

सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि आजको बैठकको लागि तय गरिएको छ। आज नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउद्योग मन्त्री नवीन्द्रराज जोशी र कांग्रेसकै अर्का सांसद लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पेश हुने भएका छन् । 

Logo