काठमाडौं ।
नेकपाका सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले पनि यसवर्षको दशैँ भत्ता वापत खातामा हालेको रकम फिर्ता गरेका छन् ।
विष्टले आइतबार दशैँ भत्ता वापत आफ्नो बैंकको खातामा जम्मा गरिएको रकम बराबरको चेक काटेर संसद सचिवालयमा पत्रसहित फिर्ता पठाएका हुन् ।
उनले संसद सचिवालयका महासचिवलाई पत्र पठाउँदै भत्ता वापतको रकम फिर्ता गरेका हुन् । अहिले कोरोनाका कारण देशले चरम संकटको सामना गरिरहेको र लाखौं श्रमिकले पूर्ण वा आंशिक रुपमा रोजगारी गुमाएको अवस्था रहेकाले दशैँ भत्ता लिन उपयुक्त नहुने उनले बताएका छन् ।
आइतबार नै नेकपाका नेताहरु भिम रावल र जनार्दन शर्माले पनि दसैंभत्ता फिर्ता गरेका थिए ।






























प्रतिक्रिया