‘कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय सर्वोच्चको आदेश विपरित छ’ : काँग्रेस नेता कोइराला

‘कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय सर्वोच्चको आदेश विपरित छ’ : काँग्रेस नेता कोइराला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारले कोभिड १९ को बिरामीको उपचार बिरामी आफैंले गर्नुपर्ने निर्णय गरेको प्रति आपत्ती जनाएका छन् । यस्तो निर्णय गरेर सरकारले सर्वोच्च अदालतको आदेशको अवहेलना गरेको कोइरालाले बताए ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सरकारको यस्तो निर्णय निन्दनीय, मानवता बिरोधी र जनताको मौलिक हक बिरोधी भएकोआरोप लगाए ।

उनले लेखेका छन् :

कोभिड १९ का विरामीले आफ्नो उपचार आफैंले गर्नुपर्ने र लक्षण नदेखिएका विरामीको पिसिआर टेष्ट नगर्ने सरकारी निर्णय निन्दनीय, मानवता बिरोधी र मौलिक हक बिरोधी छ । यसले सर्वोच्च अदालतको आदेशको अवहेलना पनि गरेको छ।जनस्वास्थ्यको विषयमा यस्तो निर्णय गर्ने जो कोही सरकारमा बस्न लायक छैनन् ।

Logo