पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेविसंघको विरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेविसंघको विरोध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ।

नेविसंघले सोमबार दिउँसो बबरमहल स्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरी विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले सबै क्षेत्रमा मूल्यवृद्धि गराउने भन्दै सरकार बजारलाई महंगो बनाउन उद्दत रहेको बताए। अप्ठेरो परिस्थितीमा जनतालाई राहत दिनुपर्ने सरकारले उल्टै पेट्रोलियम पदार्थको पटकपटक मूल्य बढाएर दुःख दिइरहेको उनले बताए। 

आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको थियो। मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ। 

Logo