विद्यार्थीका लागि निःशुल्क इन्टरनेट जडान र बीमा गराउन अनेरास्ववियुको माग

विद्यार्थीका लागि निःशुल्क इन्टरनेट जडान र बीमा गराउन अनेरास्ववियुको माग

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आगामी बजेटमा शिक्षा क्षेत्रको सुधारका लागि सरकारसँग विभिन्न माग गरेको छ। 

अनेरास्ववियुले आगामी बजेटमार्फत डिजिटल नेपालको अवधारणा अन्तर्गत अब हरेक सरकारी विद्यालय र क्याम्पसमा निःशुल्क इन्टरनेट जडान तथा विद्यार्थीको बीमासहितको कार्यक्रम ल्याउन माग गरेको छ। 

बुधबार अर्थमन्त्री विष्णु पौडेललाई भेटेर अनेरास्ववियुका अध्यक्ष ऐन महरसहितका नेताहरूले बजेट जनमूखी र विद्यार्थीको पक्षमा हुने गरी ल्याउन माग गरेका छन्। अनेरास्ववियुले अर्थमन्त्री पौडेललाई भेटेर आगामी वर्षदेखि सरकारी सेवा सुविधा र जागिरमा कार्यरत रहेका सबैका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक सरकारी विद्यालयहरुमा पढाउनु पर्ने व्यवस्था मिलाउन सरकार समक्ष माग गरेको छ। 

अनेरास्ववियुले आगामी बजेटका सन्दर्भमा शिक्षा क्षेत्रमा समेटिनु पर्ने विषयहरूलाई सुझावका रुपमा पेश गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीका सन्दर्भमा संविधानले गरेको व्यवस्था कार्यान्वयन गर्नु माग गरेको छ। 

अखिलले हरेक प्रदेशमा न्युनतम एउटा सरकारी शिक्षण अस्पताल खोल्न र ती अस्पतालमार्फत निःशुल्क उपचारको प्रबन्धका लागि बजेटमा व्यवस्था गर्नसमेत माग गरेको छ।

Logo