राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रिता माझीले आज बसेको बागमती प्रदेश सभा बैठकमा शुभकामना व्यक्त गर्दै १४ बर्षको परीक्षण व्यवस्था असफल भएको र जनताको हितमा नभएको हुँदा २०७८ साल यो व्यवस्था परिवर्तन गरी देशको बारे नराम्रो नचिताउने र संरक्षण गरिरहने राजसंस्थालाई समेत स्थान दिने शक्ति सम्पूर्ण राजनैतिक दलहरुलाई दिओस भन्ने शुभकामना दिइन्।
सांसद माझीले २०७७ सालमा जनताले आशा गरेको प्रतिफल पाउन सकेन र वेतिथिको स्थिति मात्र भोग्नु परेको आरोप लगाइन् । सांसद माझीले दोश्रो चरणको कोरोना कहरको सचेतनाबारे सरकारको अनविज्ञता बारे पनि प्रश्न उठाइन्।
सांसद माझीले २०७८ साल सबै जनताको प्रजातन्त्र, लोकतन्त्र र समृद्धि हासिल गर्ने कोशेढुङ्गा सावित होस् भन्दै शुभकामना व्यक्त गरिन्।
सभामा शालिकराम जमरकट्टेल, इन्द्र बानियाँ, रमेश पौडेल, सुरेन्द्रराज गोसाई, रिना गुरुङ्ग लगायतले शुभकामना दिएका थिए। सभामा सरकारको चित्त बुझ्दो जवाफ नभएको भन्दै नेकपा (माओवादी केन्द्र)का सांसदहरुले विरोध गरेपछि अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ।





























प्रतिक्रिया