एमसीसीबारे स्पष्ट पार्न परराष्ट्रमन्त्रीसँग सांसदहरुको माग

एमसीसीबारे स्पष्ट पार्न परराष्ट्रमन्त्रीसँग सांसदहरुको माग


संसदीय समितिमा एमसीसीबारे सांसदहरुले चासो राखेका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गरेको छलफलमा सांसदहरुले एमसीसीबारे स्पष्ट पार्न माग गरेका हुन्। नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी र नेकपा (एमाले) का सांसद मोहन बानियाँले नेपाल सरकारले गर्ने सहमती, सम्झौता बारे स्पष्ट जानकारी दिन माग गरेका हुन्। 

विगतमा गरिएका सन्धी, सम्झौताले नेपाललाई दुरगामी असर गर्ने भएकाले सचेत रहन सुझाव दिएका छन्। नेकपा (एमाले) का सांसद बानियाँले छिमेकी राष्ट्रसँग गरिने सन्धी, सम्झौतामा झन् सावधानी अपनाउनु पर्ने बताए।

यस्तै बैठकमा सहभागी भएका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले एमसिसीबारे स्पष्ट जवाफ नदिए पनि सन्धी, सम्झौता गर्दा नेपालको सर्वोपरी हितलाई ध्यान दिएको बताए। समितिले नेपालको परराष्ट्र नीतिबारे सबै पक्षसँग श्रृङ्खलावद्ध छलफल गर्ने भएको छ।

Logo