नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै, संयुक्त राजीनामा दिने तयारी

नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै, संयुक्त राजीनामा दिने तयारी


नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ। नेपाल खनाल समूहका सांसदहरुले राजीनामा दिनेबारे छलफल गर्न भन्दै आज बैठक बस्न लागेको हो।

शनिबार ओली पक्ष र माधव समूहका दोस्रो वरियताका नेताहरुबीच वालुवाटारमा दिनभर छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएपछि नेपाल समूह राजीनामा गर्ने निर्णयमा पुगेको हो । 

नेपाल समूहले पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा फर्काउन गरेको मागप्रति ओली सहमत नभएपछि आज उनीहरुले राजीनामा दिने मनस्थिती बनाएका हुन्। 

आजै नेपाल समूहका ३५ प्रतिनिधिसभा र ७ राष्ट्रियसभाका सदस्य गरी ४२ सांसदले सामुहिक राजीनामा दिने तयारी गरेको बताइएको छ। आजको बैठकको समय भने तय हुन बाँकी छ। 

Logo