प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजन उद्योगहरूले उत्पादनमा बाहाना बनाउन नहुने बताएका छन्।
कोभिड महामारीका बेला उद्योगहरू पूर्णक्षमतामा चल्नुपर्ने उनले बताए।
उनले ढुवानी र वितरणलाई व्यवस्थित गर्न पनि आग्रह गरे। आवश्यकताको आधारमा समुचित ढंगले अक्सिजन वितरण आवश्यक भएको ओलीको भनाइ थियो।
प्रधानमन्त्रीको पदवहालीको क्रममा बोल्दै उनले कोभिडको स्थिति विकराल हुन नदिन जनस्वास्थ्यका मापदण्डहरूलाई पालना गर्नुपर्नेमा जोड दिएका छन्।





























प्रतिक्रिया