राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ।
राप्रपाका अध्यक्षत्रयको आज बसेको बैठकले कोभिड–१९ महामारी भयावह बन्दै गएको भन्दै जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
महाधिवेशनको अर्को मिति उपयुक्त समयमा घोषणा गरिने पार्टीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
राप्रपाका त्रय अध्यक्ष सहितको आज बसेको बैठकले देहाय बमोजिम निर्णयहरु गरेको छ :
१. कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै २०७८ जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको छ । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने छ ।
२. कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ । संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेको अवस्थामा निजी क्षेत्रसंगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपा सरकारसंग माग गर्दछ ।
कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा कठिनाइ भइरहेको र उपचार नपाएर मृत्युवरण समेत गर्नुपर्ने दुःखदायी अवस्था दुर्भाग्यपूर्ण छ, नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामथ्र्य प्रयोग गर्न राप्रपा सरकारसंग जोडदार माग गर्दछ ।
कोभिड–१९ संग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई राप्रपा हार्दिक अपिल गर्दछ ।
३. पार्टीको निर्देशन समिति ५ दिन भित्र गठन गर्ने निर्णय गरियो ।





























प्रतिक्रिया