सिसिएमसी बैठकमा प्रधानमन्त्रीको निर्देशन, ‘हरहालतमा नागरिकको जीवन रक्षा गर्नु’

सिसिएमसी बैठकमा प्रधानमन्त्रीको निर्देशन, ‘हरहालतमा नागरिकको जीवन रक्षा गर्नु’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र सिसिएमसीको आइतबार सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था श्रृजना हुन नदिन निर्देशन दिएका हुन्। उनले झन्झटिला प्रक्रिया छोट्याएर कानुन मिलाएर, प्रक्रिया मिलाएर भएपनि हरहालतमा नागरिकको जीवन रक्षामा जुट्न निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकमा कोभिड १९ संक्रमणको महामारीसँग प्रभावकारी ढंगले लड्नका लागि स्वास्थ्य संकटकाल लगाउने बारे पनि छलफल भएको जानकारी दिए। तर स्वास्थ्य संकटकाल लगाउनका लागि विद्यमान संक्रामक ऐन २०२०, स्वास्थ्य प्रणालीको संरचना तथा सार्वजनिक खरिद ऐनमा भएका प्रक्रियाहरुले समस्या पारेकाले अनूकुल कानुन बनाउने विषयमा सरोकारवाला मन्त्रालयसँग पनि छलफल गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए।

उनले तत्काल देखिएको अक्सिजन आपूर्तिको समस्या समाधानका लागि उद्योगीलाई डिमाण्ट चार्ज  लगायतका छुट दिएर उत्पादन वृद्धि गर्ने विषयमा पनि बैठकमा छलफल भएको बताए। उनले लिक्वीड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने र ल्याउनका लागि आवश्यक ट्यांकरहरुको प्रबन्ध गरिने बताए । 

उद्योगीहरुले सबै सिलिण्डर स्वास्थ्य निकायलाई बुझाएकाले विस्तारै सिलिण्डर अभावको समस्यामा कमि आउँदै गएको तथा चीन र ओमानबाट आउँदै गरेका र निजी क्षेत्रले मगाएको सिलिण्डर भित्रिएपछि सिलिण्डर अभावको समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले सरकारको तयारी भन्दा रोगको प्रकृति र आक्रामकता पनि उच्च भएकाले गएको दुई हप्ता निकै कठिन भएको बताए।

Logo