प्रधानमन्त्री केपी शर्मा ओलीले छलेर सरकार कब्जा गर्न नखोजिएको बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने आधार नभएरै अर्को सरकार गठनका लागि मार्ग खोलिदिएको स्पष्ट पारेका छन्।
जेठ १५ गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट सदनमा प्रस्तुत गर्नुपर्ने भएकोले अर्को सरकार बनाउनु अपरिहार्य रहेको उनले बताए।
त्यही भएर राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि आह्वान गर्न सिफारिश गर्नुपरेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए। तर, उक्त कदमप्रति कृतिम र नाटकीय व्याख्याहरू हुने गरेको भन्दै आपत्ती जनाए।
उनले सरकार चलाउन सक्ने र सरकारले काम गर्ने अवस्था नभएको पनि बताए।
सरकार ढाल्ने र बनाउने प्रयासमै दलहरु केन्द्रीत रहेकाले आफूले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताउँदै उनले संविधान अनुसार नै ताजा जनादेशमा जाने आफ्नो निर्णय भएको बताए ।





























प्रतिक्रिया