१४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा नयाँ सरकारको दाबी प्रस्तुत गर्न विपक्षी गठबन्धन पुगेको छ। स्रोतका उनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयारी गरेको छ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत नेताहरूको छलफल पश्चात संयुक्त विपक्षी गठबन्धन शीतलनिवास पुगेको हो।
जसमा एमाले वरिष्ठ नेता माधव नेपाल पनि सँगै छन्। हस्ताक्षर गर्नेमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधव नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र–बाबुराम समूहका १३ जना छन्।
नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना आवश्यक छ। आज ५ बजेसम्मको समयसीमाभित्र संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गरे मुलुकले नयाँ सरकार पाउनेछ, अन्यथा मुलुक मध्यावधि निर्वाचनतर्फ धकेलिने छ।





























प्रतिक्रिया