वैकल्पिक सरकारमा ओलीको १५३ सांसदको समर्थनसहितको दाबी प्रस्तुत

वैकल्पिक सरकारमा ओलीको १५३ सांसदको समर्थनसहितको दाबी प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि दाबी पेश गरेका छन्।

उनले १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका हुन्। एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको प्रधानमन्त्रीका ओली निकट स्रोतले बतायो।

ओली दाबी प्रस्तुत गरेर शीतल निवासबाट बालुवाटार फर्केका छन् । सँगै विपक्षी गठबन्धन पनि काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा अघि सार्दै १४९ संसदको हस्ताक्षरसहित शितलनिवास पुगेको छ।

जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्रसहित शीतल निवासमा पेश गरिएको बताइएको छ।

Logo